relans
ni new 83
nib 2082 5

कारागार विभागले भन्यो : भागेका कैदीबन्दी तत्काल फर्किनू

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २६, बिहिबार

काठमाडौं - कारागार व्यवस्थापन विभागले भागेका कैदीबन्दी र बालबन्दीहरूलाई तत्काल सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

विभागले जेनजी आन्दोलनका नाममा भएको प्रदर्शनका दौरान देशभरका कारागार कार्यालय तथा बालसुधार गृहबाट भागेका कैदीबन्दी र बालबन्दीलाई फर्किन भन्दै अन्यथा कारबाही हुने चेतावनी दिएको छ ।

विभागका निर्देशन चोमेन्द्र न्यौपानले बिहीबार एक सूचना जारी गर्दै भागेका त्यस्ता कैदीबन्दी र बालबन्दी अर्को जिल्लामा सम्पर्कमा आएका, पक्राउ परेका वा फेला परेकालाई बुझेर तत्काल सम्बन्धित कारागारमा पठाउन नसक्ने देखिएमा त्यहींको कारागारमा बुझेर राख्न निर्देशन दिएका छन् ।

‘स्थिति सामान्य भए पश्चात् सम्बन्धित कारागार कार्यालयसँग समन्वय गरी स्थानान्तरण  गर्ने व्यवस्था मिलाउनु हुनका साथै कारागार कार्यालय नभएका जिल्लाहरूबाट पठाइएका कैदीबन्दीहरू नजिकको जिल्लाहरूमा कारागार कार्यालयहरूले समन्वय गरी बुझिलिनु हुन आदेशानुसार अनुरोध छ,’ सूचनामा उल्लेख छ ।

साथै सम्पर्कमा कैदीबन्दी वा बालबन्दीको पहिचान गर्न समस्या सम्बन्धित कारागारमा सम्पर्क गर्न विभागले भनेको छ ।

Categorized in राष्ट्रिय
ppp 2