स्वर्गद्वारी गुठीका मोही किसान सिठी फुकेर विरोध प्रदर्शन गर्दै
Janjati Khabar – Janjati Khabar | २०८१ माघ २५, शुक्रबार
काठमाडौं - स्वर्गद्वारी गुठीका मोही किसानले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा सिठी फुकेर विरोध प्रदर्शन गरेका छन् । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले विरोध प्रदर्शन सुरु गरेका हुन्।
सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरूले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका हुन् । स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका प्रवक्ता प्रवीण थारुले मोही किसानहरूलाई मोही पुर्जा प्राप्त भए पनि जमिन प्राप्त हुन नसकेकाले आन्दोलन गर्नुपरेको बताए ।
Categorized in राष्ट्रिय

