relans
ni new 83
nib 2082 5

थिमिमा हुने पाँचौं एपिक म्युजीक अवार्डको मनोनयन सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ पौष ४, बिहिबार

एपिक नेपाली म्युजीक प्रालिको आयोजनामा मध्यपुर थिमी नगरपालिका– २ भक्तपुरमा आयोजना हुने पाँचौं एपिक म्युजीक अवार्ड २०८१ को उत्कृष्ट पाँच मनोनयन हालै सार्वजनिक हालै गरिएको छ । 

प्रत्येक वर्ष हुँदै आएको एपिक नेपाल म्युजिक अवार्डमा यस वर्ष ३२ विधामा अवार्ड प्रदान गरिने कुरा अवार्ड कार्यक्रमका संयोजक राजेन्द्र पुरीले जानकारी बताएका छन् ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको दुई पोखरीमा सम्पन्न हुने उक्त अवार्ड लाई विशेष गरी देश भित्रका विभिन्न पुरातात्विक वस्तु, विविध संस्कृति जगेर्ना गर्ने उदेश्यले आयोजना हुँदै आएको कुरा प्रकमश पार्दै अवार्ड कार्यक्रमको मिति चाडै नै एक कार्यक्रमको आयोजना गरी जानकारी गराइने संयोजक पुरीले बताए ।

अवार्डमा नेपाली लोकगीत तर्फका नयाँ तथा पुराना गायक, गायिका, मोडलदेखि निर्देशकहरुलाई पनि समेटिएको उनको भनाई छ । संयोजक पुरीका अनुसार आवर्डमा नेपाली मौलिक भाकाहरुका चलचित्रका गीत साथै काँठे, नेवारी र देउडा गीत गायक, गायिका र मोडललाई पनि समेटिएको छ  भने मनोनयनमा परेकाहरुको सुची आयोजक संस्था एपिक नेपालको फेसबुक पेजमा उपलब्ध रहेको कुरा पनि संयोजक पुरीले बताएका छन् ।

Categorized in साहित्य-कला
ppp 2