STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

इन्द्रजात्रा भव्य रुपमा मनाइयो

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन २, बुधबार

काठमाडौं - मंगलबार देशभर इन्द्रजात्रा मनाइँदै छ । खासगरी काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा भव्यरूपमा यो जात्रा मनाइन्छ । 

काठमाडौंको वसन्तपुरमा इन्द्रजात्राको अवसरमा विशेष कार्यक्रम आयोजना हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत उच्चपदस्थहरूलाई इन्द्रजात्रामा सहभागी हुन निम्तो गरिन्छ । 

इन्द्रजात्रामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो सवा २ बजे वसन्तपुर जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

तर, स्वागत गर्नुपर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) भने इन्द्रजात्राको कार्यक्रममा सरिक नहुने भएका छन् । 

अघिल्लो सोमबार भारत गएका शाह अहिले पनि उतै छन् । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार उनी एक–दुई दिनमा नेपाल फर्कने कार्यक्रम छ ।

मेयर शाह आफ्ना विद्यालयका पूर्व विद्यार्थीहरूसँग भेटघाटका लागि भारत गएको स्वकीय सचिव शाहले बताए । अघिल्लो वर्ष आयोजित इन्द्रजात्रा विशेष कार्यक्रममा भने मेयर शाह सहभागी भएका थिए । 

Categorized in उपत्यका