relans
ni new 83
nib 2082 5

पारालिम्पिकमा काँस्य जितेकी पलेशा श्रेष्ठलाई गरियो भव्य स्वागत

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र १९, बुधबार

काठमाडौं- पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठलाई नगर परिक्रमा गराइएको छ।

त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो।

परिक्रमा एअरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुङ्गिएको थियो।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन्।

यो नै नेपाली खेलाडीहरूले ओलम्पिकमा जितेको पहिलो पदक हो।

Categorized in खेलकुद
ppp 2