STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

उत्ताउलो जवानी सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ भाद्र १५, शनिबार

म्युजिक भिडियो जगतमा ख्याति कमाउनु भएकि बबिता श्रेष्ठ मलेकु को निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो " उत्ताउलो जवानी ” को आज शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । सुप्रसिद्ध संगीतकार सुरेश अधिकारी प्रमूख अतिथी का रुपमा उपस्थितिमा सो भिडियो सार्वजनिकिकरण गरिएको थियो। कथानक चलचित्रहरुमा प्रस्तुत गरिने आइटम नृत्यको शैलीमा तयार भएको यो गीतले दर्शकहरुको मन सजिलै जित्न सकिने विश्वास प्रमूख अतिथी अधिकारी ले व्यक्त गर्नु भएको छ । 

संचारकर्मि दयाराम घिमिरे ले सन्चालन गर्नु भएको सो म्युजिक भिडियो सार्वजनिकिकरण कार्यक्रममा प्रमुख अतिथी संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी  विशेष अतिथी संगीत रोयल्टी संकलन समाजका उपाध्यक्ष चन्द्र शर्मा,अग्रज सिने बिजयरत्न तुलाधर र सानू श्रेष्ठ  , नृत्य निर्देशक समाजका उपाध्यक्ष शम्भु शाही नेपालभाषाका  कलाकार लक्ष्मी कुमार महर्जन चलचित्र निर्माता सुर्यमान श्रेष्ठ र अतिथीहरुमा 

गायक सुभाष कार्की जि , गायक रबि शर्मा , गायिका पल्मु शेर्पा , कलाकार राज पौडेल , निर्देशक प्रदिब कुमार रसाइली , कलाकार सदिच्छा पाण्डे , टेलिचलचित्र कलाकार गायिका शितल ठकुरी , गायक कलाकार डि आर रेग्मी लगायतको विशेष उपस्थिति रहेको थियो भने सिने पत्रकार विजयरत्न तुलाधर, नृत्यकार शम्भु शाही , नृत्य निर्देशक रोशन विश्वकर्मा , कलाकारहरु सागर लम्साल बले, एलिशा शर्मा र गृष्मा पौडेल लगायत संगीतकार सि डि विजय अधिकारी लगायतले प्रस्तुत भिडियो बारे मन्तव्य राख्नु भएको थियो ।

बबिता श्रेष्ठ मलेकु निर्देशन रहेको यस भिडियो को छायांकन उत्तम हुमागाइं टिमको रहेको छ । यसमा रोशन विश्वकर्माको नृत्य निर्देशन,सुजन कोइरालाको रचना,सि डि विजय अधिकारी को संगीत र पुष्कर खत्रीको संगीत संयोजन रहेको छ भने गायन अन्नु चौधरीं र संगीतकार स्वयं सि डि विजय अधिकारी को स्वर रहेको छ ।

https://youtu.be/MgLVtJXZfCE?si=FN-lhQlRz4knwpJm

Categorized in साहित्य-कला