STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाँच प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने पूर्वानुमान

Janjati Khabar | २०८१ श्रावण १७, बिहिबार

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा  मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।
आज रात देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । कोशी, बागमती, गण्डकी, कर्णाली  र सुदुरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । गए राति  पनि विभागले एक  सूचना निकालेर कोशी प्रदेशका धेरै स्थान तथा मधेस  र बागमती  प्रदेशका केही स्थानका साथै गण्डकी र सदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित  वर्षा भइरहेकाले सचेत रहन आग्रह गरेको थियो ।

Categorized in राष्ट्रिय