relans
ni new 83
nib 2082 5

कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र १८, आइतबार

काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन्। 

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन्। 

मुख्यमन्त्री शर्माले यही चैत २० गते मंगलबार विश्वासको मत लिने भनेर प्रदेश सभा सचिवालयलाई जानकारी गराइसकेको मुख्यमन्त्री शर्माका प्रेस सल्लाहकार प्रतीक इच्छुक शर्माले जानकारी दिए। 

४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ। गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन्।

प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन्। 

Categorized in राजनीति
ppp 2