साफ यू-१९ च्याम्पियन्सिप : नेपाल पाकिस्तानसँग पराजित
Janjati Khabar – Janjati Khabar | २०८० आश्विन ४, बिहिबार
काठमाडौं- नेपाल साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको हो ।
अलि जफरले खेलको ७६ औं मिनेटमा गरेको गोल नै पाकिस्तानका लागि निर्णायक बन्यो । पहिलो पटक यू-१९ खेलेको पाकिस्तानले नेपाललाई घरेलु मैदानमा नै पराजित गर्दै सुखद सुरुआत गरेको छ ।
दुई पटकको च्याम्पियन नेपालले घरेलु मैदानमा हारबाट च्याम्पियनसिपको सुरुवात गरेको हो । नेपाल रहेको समूह ए मा पाकिस्तान र मालदिभ्स छन् । समूह चरणको दोस्रो खेलमा नेपालले सोमबार मालदिभ्ससँग खेल्नेछ ।
आजै भएको समूह ए को पहिलो खेलमा भारतले बङ्गलादेशलाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको छ ।
Categorized in खेलकुद