relans
ni new 83
nib 2082 5

फुटबलर विमल घर्ती मगर विवाह बन्धनमा

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ४, सोमबार

काठमाडौं - फुटबलर विमल घर्तीमगर विवाह बन्धनमा बाँधिएका छन्। लिना प्रधानसँग लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनले काठमाडौंको भद्रकाली मन्दिरमा विवाह गरेका हुन्।

एफसी कप छनोट खेलेर भारतबाट केही दिनअघि मात्र फर्किएका विमलले सुटुक्क विवाह गरेका हुन् । विमल र लिनाको परिवारको उपस्थितिमा दुवैले सुटुक्क विवाह गरेका हुन् ।

पाँच वर्षदेखि उनीहरु प्रेमसम्बन्धमा रहेका थिए । वैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेकी लिना केही दिनअघिमात्र छुट्टीमा घर फर्किएकी थिइन् ।

लिना र विमलको पहिलो भेत माल्दिभ्समा भएको थियो । फुटबल खेल्न जाँदा लिनासँग त्यहाँ विमलको भेट भएको थियो ।

Categorized in खेलकुद
ppp 2