STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

२०८० मा कुन दिन के को सार्वजनिक बिदा ?

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १, शुक्रबार

काठमाडाैँ– नेपाल सरकारको गृह मन्त्रालयले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि संवत् २०८० साल बैशाख १ गतेदेखि चैत्र मसान्तसम्मको सार्वजनिक एवम् पर्व बिदाहरूको सूचना प्रकाशन गरेको छ ।

१) नयाँ वर्ष – बैसाख १ गते शुक्रबार ।

२) विश्व मजदुर दिवस – (मे १) – बैशाख १८ गते सोमबार ।

३) बुद्ध जयन्ती – बैशाख २२ गते शुक्रबार ।

४) राई, लिम्बू, याक्खा, सुनुवारलगायतका किराँत समुदायको उभौली पर्व – चण्डी पूर्णिमा (बैसाख पूर्णिमा)- बैसाख २२ गते

५) गणतन्त्र दिवस – जेठ १५ गते सोमबार ।

६) गौरा पर्व – भदौ ७ गते बिहिबार । (सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र)

७) रक्षाबन्धन – भदौ १४ गते बिहिबार ।

८) गाईजात्रा – भदौ १४ गते बिहिबार (देशभरका नेवार समुदाय र काठमाण्डौ उपत्यकाका लागि मात्र ) ।

९) श्रीकृष्ण जन्माष्टमी – भदौ २० गते शुक्रबार ।

१०) हरितालिका (तीज) वर्त – असोज १ गते सोमबार । (महिला कर्मचारीहरूको लागि मात्र)

११) संविधान दिवस (राष्ट्रिय दिवस) – असोज ३ गते बुधबार ।

१२) इन्द्रजात्रा – असोज ११ गते बिहिबार (काठमाण्डौ उपत्यकाका लागि मात्र ) ।

१३) जितिया पर्व – असोज २० गते शनिबार (जितिया पर्व मनाउने महिला कर्मचारीको लागि) ।

१४) घटस्थापना – असोज २८ गते आइतबार ।

१५) दशैं बिदा (कार्तिक ४ गते शनिबारदेखि कार्तिक ९ गते बिहिबारसम्म (फूलपातीदेखी द्वादशीसम्म) ।

१६) फाल्गुनन्द जयन्ती – कार्तिक २५ गते शनिबार (किराँत धर्मावलम्बीहरूको लागि मात्र)

१७) तिहार बिदा (कार्तिक २६ गते आइतबार देखि कार्तिक ३० गते बिहिबारसम्म) लक्ष्मीपूजा कार्तिक २६ गते, म्ह पूजा कार्तिक २८ गते, र भाइटिका कार्तिक २९ गते ।

१८) छठ पर्व – मङ्सिर ३ गते आइतबार ।

१९) गुरु नानक जयन्ती – मङ्सिर ११ गते सोमबार (नेपाली सिख धर्मावलम्बीहरूको लागि मात्र)

२०) अन्तरराष्ट्रिय अपाङ्गता दिवस (डिसेम्बर ३) – मङ्सिर १७ गते आइतबार । (नेपाल भित्रका सम्पूर्ण अपाङ्गता भएका कर्मचारीको लागि मात्र)

२१) इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डे, (डिसेम्बर २५ ) – पुस ९ गते सोमबार ।

२२) किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि – ज्यापू दिवस (धान्य पूर्णिमा) – पुस १० गते मङ्गलबार ।

२३) तमू ल्होसार – पुस १५ गते आइतबार ।

२४) पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) – पुस २७ गते शुक्रबार ।

२५) माघी पर्व/माघे सङ्क्रान्ति – माघ १ गते सोमबार ।

२६) सोनम ल्होसार – माघ २७ गते शनिबार ।

२७) जनयुद्ध दिवस – फागुन १ गते मङ्गलबार ।

२८) वसन्त पंचमी – फागुन २ गते बुधबार । (शिक्षण संस्थाहरूको लागि मात्र)

२९) राष्ट्रिय प्रजातन्त्र दिवस – फागुन ७ गते सोमबार ।

३०) महाशिवरात्री – फागुन २५ गते शुक्रबार ।

३१) अन्तरराष्ट्रिय महिला दिवस (मार्च ८) – फागुन २५ गते शुक्रबार ।

३२) हिमाली आदिवासी शेर्पाहरूले मनाउने ग्याल्पो ल्होसार – फागुन २८ गते सोमबार ।

३३) फागु पूर्णिमा – हिमाली र पहाडी लगायत ५६ जिल्लाहरूमा चैत्र ११ गते आइतबार र तराईका २१ वटा जिल्लाहरूमा चैत्र १२ गते सोमबार ।

३४) घोडेजात्रा – चैत्र २६ गते सोमबार (काठमाण्डौ उपत्यकाका लागि मात्र ) ।

३५) इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का दिन ।

३६) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) का दिन ।

३७) मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा हुने दिन काठमाण्डौ उपत्यकाका लागि मात्र ) ।

३८) सिरुवा पावनिको दिन – (सो पर्व मनाउने झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्लाहरूमा) ।

३९) मोहम्मद जयन्तीका दिन – (नेपाली मुस्लिम धर्मावलम्बीहरूको लागि मात्र) ।

Categorized in राष्ट्रिय