जनयुद्ध दिवसलाई कालाे दिनकाे रुपमा लिँदै प्रर्दशन
Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १, सोमबार
काठमाडाैं - सरकारले जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएकाे विराेधमा द्वन्द्वपीडित र नागरिक समाज प्रदर्शन गरेका छन् ।
‘सार्वजनिक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय दे’ लेखिएको ब्यानरसहित उनीहरूले प्रदर्शन गरेका हुन् ।उनीहरूले फागुन १ गतेलाई कालो दिनको रूपमा लिएका छन् ।
वर्तमान सरकारले १ फागुन सोमबार ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णयको चौतर्फी विरोध भइरहेको छ । सोही निर्णयअनुसार सोमबार देशभर सार्वजनिक बिदा दिइएको छ ।
Categorized in राष्ट्रिय

