विश्वासको मत दिएर गल्ती गरियाे : कांग्रेस संस्थापनइतर समूह
Janjati Khabar – Janjati Khabar | २०७९ माघ ८, आइतबार
काठमाडाैं - नेपाली कांग्रेसको संस्थापनइतर समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरिएको निष्कर्ष निकालेको छ । आइतबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेकाे साे समूहको बैठकमा नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका हुन् ।
सांसद चन्द्र भण्डारीले विश्वासको मत दिएर गल्ती गरियो भन्ने कतिपय साथीहरूकाे भनाइ रहेकाे बताए । भण्डारीले पार्टी प्रतिपक्षमा बस्ने वा अझै पनि राष्ट्रपति पाउँछु कि भनेर हिँड्ने प्रवृत्ति नरोकिएको बताए । कन्फ्युजनमा रहेकाे कांग्रेस स्पष्ट दृष्टिकोण बनाएर हिँड्न अावश्यक रहेकाेमा नेताहरूकाे जाेड थियाे ।
Categorized in राजनीति

