STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आजदेखि नेपाल टेलिकमले निःशुल्क इ-सिम वितरण गर्ने

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ३१, शुक्रबार

काठमाडौं - शुक्रबारदेखि नेपाल टेलिकमले निःशुल्क इ-सिम वितरण गर्ने भएको छ। टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क इ-सिम वितरण गर्न लागेको हो। 

इ-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले नयाँ प्रविधिको सिम प्रयोग गर्नसक्ने टेलिकमले जनाएको छ।

हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ-सिममा परिवर्तन गर्न सकिने छ। 

त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ-सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ। 

इ-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनुपर्ने छ। 

यो एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। इ-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन। यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ। 

इ-सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक इ-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरूमा समेत प्रयोग गर्न सकिन्छ । 

हालका सबै प्रयोगकर्ताले समेत इ-सिम प्रयोग गर्न सक्ने र नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले इ-सिम लिन पाउने छन्।  

Categorized in विज्ञान-प्रविधि