STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भब्य रुपया मनाइयो इन्द्रजात्रा

Janjati Khabar | २०७९ भाद्र २८, मंगलबार

अमेरिका– मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजना गरिएको तेश्रो इन्द्रजात्रा (येँयाः) भव्यताको साथ सम्पन्न भएको छ । साथै जातीय भेषभूषामा सहभागी भएका बालबालिकाहरुलाई पुरस्कृत समेत गरिएको छ ।
नेपाः कम्युनिटी यूएसएले (नेपा समुदाय अमेरिका) आयोजना गरेको उक्त समारोह मेरिल्याण्ड राज्यको गनपाउडर फल्स स्टेट पार्क नामक उद्यानमा सेप्टेम्बर १० शनिबारका दिन अत्यन्तै राम्रो मौशममा सम्पन्न गरिएको छ । महामारीको कारण २ बर्ष सम्म स्थगित गरेको इन्द्र जात्रालाई पुन निरन्तरता दिईएको छ ।
नेपाल कै महत्वपूर्ण सांस्कृतिक पर्व यँेयाः (इन्द्रजात्रा( अब काठमांडौमा मात्र सिमित रहेन । अमेरिकाको वासिंगटन डिसीबाट १० बर्ष अगाडीबाट शुरू भएको ईन्द्रजात्रा अब अमेरिकाको बिभिन्न राज्यहरूमा अनि बिश्वका विभिन्न देशहरूमा समेत उल्लेख्य रूपमा मनाउने क्रम जारी छ । यसै क्रममा मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा पनि सन् २०१८ मा देखि मनाउन थालिएको हो । सन् २०१८ मा वर्षाको कारण समारोहमा केही अवरोध उत्पन्न भएता पनि समारोह सफल भएको थियो ।
नेवाः भेषभुषामा सजिएका बाल बालिका देखि लिएर नरनारीहरू र बिदेशी नागरिकहरू समेत सबै जनाको उपस्थितीले काठमाडौँको झझल्को दिएको थियो । काठमाडौँमा गत शुक्रबार भाद्र २४ गते इन्द्र जात्रा मनाईएको थियो भने बाल्टिमोरमा भाद्र २५ का दिन मनाईएको छ ।
उक्त कार्यक्रममा नेवाः समुदायको परम्परागत भोज समयबजीको साथै कुमारी रथ यात्रा, भैरव तथा गणेशको रथ प्रदर्शन, बृहत् आकर्षक सम्येबजि प्रदर्शन , धिमे बाजा, परम्परागत सांस्कृतिक पहिरनका लगाई सांस्कृतिक बस्तुहरूको प्रदर्शन , पुलुकिसी तथा लाखे नृत्यहरू प्रस्तुत गरिएका थिए ।
काठमाडौँ उपत्यकाको झझल्को आउने गरी प्रसादको रूपमा हाथु हायेकेगु ९ श्वेत भैरवको मुखबाट जाँडलाई नलीबाट प्लास्टिकको प्यालामा (गिलास) लिई सेवन गरिएको राखी खुवाउने थियो । सन् २०१८ मा नली मै मुख तल राखेर जाड सेवन गराईएको थियो । कोभिड(१९ को कारण यस पटक गिलासमा लिई पिउनु पर्ने गरि राखिएको थियो ।
इन्द्रजात्रामा नेवास्समुदायको साथै वरपर तथा विभिन्न राज्यहरु बाट समेत आएका नेपाली समुदायको बाक्लो उपस्थिति थियो । बिशेष काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल,दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा(आराधना गरी परम्परागत रूपमा नेवा स्समुदायहरूले मनाउने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो।
नेवा समुदायका पुरोहित बासब राजोपाध्यायले जानकारी गराए अनुसार येन्हा स् पून्हीं ९ ईन्द्र जात्रा० सम्बन्धमा नेपाल भाषामा “यँ ” भनेको ईन्द्र भगवान , “यँयाः” भनेको ईन्द्रजात्रा हो ।
यसको साथै पुलुकिसि ९ ऐरावत हात्ति० ईन्द्रको वाहनले ईन्द्रलाई खोज्न आउँदा काठमांडौको किलागः टोलमा समातिएको र ईन्द्र कि आमाले राक्षसको रूप “दागीं ” बनेर छोरोलाई लिन आउनु भएको थियो ।
बासव राजोपाध्यायले कार्यक्रम संचालन गरेका थिए भने इन्द्र जात्राको लागि अहोरात्र खटिने सृजना आर्ट कलेज नेपालका संस्थापक प्रिन्सीपल बरिष्ठ कलाकार बैकुण्ठ मान श्रेष्ठले स्वागत गरेका थिए ।
साथै महाबाणिज्य दुत प्रेम राजा महत ,वर्ल्ड नेवाः अर्गानाईजेशनका पूर्व अध्यक्ष सिजन श्रेष्ठले ,डा श्याम कार्की लगायतले बाल्टिमोरमा आयोजित भएको इन्द्र जात्राको बारेमा बोलेका थिए । इन्द्र जात्र आयोजक समितिका बैकुण्ठ मान श्रेष्ठ ,विक्रान्तमान श्रेष्ठ ,सृजन ताम्राकार ,दिलिप श्रेष्ठ लगायत सम्पूर्ण समिति सदस्यहरुले येन्हा पुन्ही सफल बनाउन करिव ५,६ महिना देखि ठूलो मेहनत गरेका थिए ।  
साभारः ई नेपालीज डटकम

Categorized in अन्तर्राष्ट्रिय