आइतबारदेखि राहदानी विभागकाे बेसमेन्टमा पार्किङ हुने
Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ११, शनिबार
काठमाडौं - राहदानी विभागले आगामी आइतबारदेखि बेसमेन्टलाई पार्किङ्को रुपमा प्रयोग गर्न सकिने सूचना सार्वजनिक गरेको छ ।
नक्साअनुरुप निर्माण नभएका संरचना र नक्सा पास भएबमोजिम प्रयोग नभएका संरचना अवैध ठहर गर्दै काठमाडौँ महानगरपालिकाले गत मङ्गलबारदेखि त्यस्ता संरचना भत्काउने काम शुरु गरेको थियो ।
सोही क्रममा आज कामपाले गरेको अनुगमनको क्रममा त्रिपुरेश्वरमा रहेको राहदानी विभागको बेसमेन्टमा सञ्चालन गरेको पाएपछि कामपा प्रमुख बालेन्द्र साहले उक्त स्थानमा राखिएको कुर्सी हटाएर जुन प्रयोजनका लागि निर्माण भएको सोही अनुरुप प्रयोग गर्न निर्देशन दिएका थिए ।
कामपाको निर्देशनपछि विभागले एक सूचना जारी गर्दै आइतबारदेखि उक्त स्थानमा पार्किङका लागि खुला गरिने जनाएको छ ।
Categorized in उपत्यका

