STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल आउँदै

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १, आइतबार

काठमाडौं - सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदै छन् । जेठ दुई गते बुद्धजयन्तीको अवसरमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट १०ः४० बजे लुम्बिनी आउनेछन् ।

त्यस्तै ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा सहभागी हुने, १२ः२० परराष्ट्रमन्त्री डा‍. नारायण खड्कासँग भेट गर्ने, १२ः३० मा प्रधानमन्त्री देउवासँग भेट्ने, १२ः४५ मा नेपालको प्रतिनिधिमण्डलसँग भेटघाट गर्ने, १ः३० मा प्रधानमन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुने, २ बजे विशेष व्यक्तित्वहरूसँग भेटघाट गर्ने, ३ः३० बजे बुद्ध जयन्ती सेलिब्रेशनमा सहभागी बन्ने र साँझ ५ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Categorized in राष्ट्रिय