relans
ni new 83
nib 2082 5

बालुवाटार जग्गा प्रकरणमा हाइप्रोफाइलसहित तीन सय बढीलाई पक्राउ पूर्जी

Janjati Khabar – Janjati Khabar | २०७८ पौष २२, बिहिबार

२२ पुस, काठमाडौं - बालुवाटार जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ।

अनुसन्धान सकिन लाग्दा तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको ब्युरोका निर्देशक धिरजप्रताप सिंहले बताए। पक्राउ पूर्जी जारी भएकाहरू ‘हाइप्रोफाइल’ व्यक्ति छन्। सिंहका अनुसार तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायत छन्।

‘तीन सय बढीको हकमा पक्राउ पूर्जी जारी भएको छ, उनीहरूलाई पक्राउ गर्न हामी लागिरहेका छौं,’ सिंहले भने।  

पक्राउ पूर्जी जारी भएकामध्ये अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त बस्न्यातविरूद्ध भ्रष्टाचार गरी कालोधन आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। उनीसँगै छोरा कमल बस्नेत, ज्वाईँद्वय प्रज्जवल अधिकारी र मनोज सुवेदी अनुसन्धानमा छन्।

ती सबैको नाममा गएको सम्पत्तिको मूल्यांकन भइरहेको छ। तर, अनुसन्धानमा रहेकाले बैंकबाट ऋण लिएर अर्को बैंकमा ऋण तिरेको देखिन्छ। बस्न्यातले आर्जन गरेको सम्पत्ति कहाँ छ भन्ने यकिन गर्न विभागका अधिकारीहरू लागिपरेका छन्।

Categorized in राजनीति
ppp 2