STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्ने

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन २८, बिहिबार

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।  

बुधबार बंगलादेशसँग १-१ को बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको थियो । बुधार राति नै भएको खेलमा माल्दिभ्सलाई ३-१ ले पराजित गर्दै भारतले नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो । 

भारतका लागि कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । खेलको २३औँ मिनेटमा मनवीर सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्तिम मिनेटमा भारतले डिबक्सभित्र फल गर्दा माल्दिभ्सले पेनाल्टी पायो । उक्त अवसरलाई सदुपयोग गर्दै अली अशफाकले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा भने भारत थप आक्रमक बन्यो । खेलको ६२ र ७१ औँ मिनेटमा भारतीय कप्तान क्षेत्रीले गोल गर्दै ३-१ को जित दिलाए । नेपाल र भारतले यसअघि समूह चरणको एक खेल खेलिसकेका छन् । जसमा भारत १-० को विजयी भएको थियो ।

भारतविरुद्ध नेपाल केही रक्षात्मक शैलीमा खेलेको थियो । जसका कारण नेपाल गोलबिहीन बन्न पुगेको थिष्यो । नेपाल पहिलो पटक साफको फाइनल पुगेको हो भने भारत साफमा सर्वाधिक सफल टोली हो ।

फाइनल खेल अक्टुबर १६ तारिखका दिन नेपाली समय अनुसार ८ बजेर ४५ मिनेट जाँदा सुरु हुनेछ ।

Categorized in खेलकुद