relans
ni new 83
nib 2082 5

मिलापको दशैँ शुभकामना एवं सम्मान कार्यक्रम

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आश्विन २३, शनिबार

मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम   एक भव्य समारोहबीच सम्पन्न भएको छ । मिलाप मासिकको कभरमा आउनुभएका व्यक्तित्वहरूलाई काठमाडौंमा  एक विशेष समारोहबीच   मिलाप कभर सम्मान प्रदान गरिएको थियो भने भाषा, साहित्य, कला, संस्कृति र सञ्चारमार्फत समाजमा विशेष योगदान पुर्‍याउनुभएको योगदानको उच्च उच्च प्रशंसा गर्दै मिलाप सम्मान अर्पण गरिएको हो ।

मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्वमा सम्पन्न भएको सो समारोहमा हिमालय टाइम्स दैनिकका सम्पादक पुरुषोत्तम दाहाल, राजनैतिक विश्लेषक प्राडा सुरेन्द्र केसी, नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्द, रङ्गीन चलचित्रकी पहिलो नायिका तथा प्रथम चलचित्र अामा कि शिर्षक अभिनेत्री  चैत्यदेवी, विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्याय, विशिष्ट कलाकार लय संग्रौला, नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलालगायतको आतिथ्यता रहेको थियो ।

अतिथिहरूले मिलाप प्रकाशनसँगै मिलापले गर्दै आएका विभिन्न सामाजिक कार्यको प्रशंसा गर्नुभएको थियो ।

समारोहमा डा. डीआर उपाध्याय, बसुन्धरा भुसाल, चैत्यदेवी, भूवन चन्द, आश्विनीकान्त झा, सुन्दर श्रेष्ठ, सुन्दरमान थिङ, सारिका घिमिरे, बासुदेव फुलारा, चन्द्र रानाहँछा, शिवम् अधिकारी, सन्तोष श्रेष्ठ, प्रदीप बास्तोला, राज लुइटेल, योगेश काजी, सुनिता बस्नेत, शेखर खनाललाई उहाँहरूको मिलाप कभर हस्तान्तरण गरिएको थियो ।

यस्तै अतिथिहरूबाट निर्देशक मिलन चाम्स, कलाकार तथा समाजसेवी मनोज भेटवाल, साहित्यकार भीष्मराज फुलारा, लेखनाथ पोख्रेल, अमर वान्तु, सङ्गीतकार राजु सिंह, छायाँकार तथा निर्देशक सबनम मुखिया, समाजसेवी तथा व्यवसायी दीपक शिवा, ताराबहादुर कुँबर, रामजी अवाल, रमेश थापा, सञ्चारकर्मी नरेश भट्टराई, सन्दीप पौड्याल र मनोज थापालाई मिलाप सम्मान प्रदान गरिएको थियो ।

मिलापकी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको संयोजनमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी दीप ज्योति थापाले गर्नुभएको थियो । समारोहमा बडा दशैँको शुभकामना आदानप्रदान गरिएको थियो ।

Categorized in साहित्य-कला
ppp 2