STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रशिक्षक अल्मुताइरीले लेखे- आई एम आउट

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र ९, बुधबार

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने संकेत गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले बनाएको छानबिन समितिले एन्फासँग गरेको सम्झौता अनुसार मात्र काम गर्नुपर्ने र विवाद सिर्जना हुने खालका कुनै पनि गतिविधि नगर्न सचेत गराउने सिफारिस गरेपछि अल्मुताइरीले राजीनामा दिने संकेत गरेका हुन् ।

राजीनामा दिने संकेत गर्दै उनले फेसबुकमा लेखेका छन्- आई एम आउट, लेट पोलिटिक्स वर्क्स ।

प्रशिक्षक अल्मुताइरीले अघिल्लो महिना एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । त्यसपछि एन्फाले प्रशिक्षक अल्मुताइरी र एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङसँग
विवादपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको थियो । त्यही छानविन समितिले बुधबार प्रशिक्षक अल्मुताइरीलाई विवाद सिर्जना हुने कुनै गतिविधिमा संलग्न नहुन सचेत गराउन राखेपलाई प्रतिवेदन बुझाएको छ । छानविन समितिले प्रशिक्षक अल्मुताइरीलाई सामाजिक सञ्जालमा कसैप्रति लक्षित हुने गरी आफ्ना धारणा राख्न रोक लगाउन पनि भनेको छ ।

छानविन समितिले बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘प्रशिक्षक अल्मुताइरीले अखिल नेपाल फुटबल संघसँग गरेको सम्झौता बमोजिमका कार्य मात्र सम्पादन गर्नुपर्ने र आगामी दिनमा विवाद सिर्जना हुने खालका कुनै पनि गतिविधि नगर्न नगराउन एवं सामाजिक सञ्जाल र मिडियामा कोही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार वा अन्य कसैप्रति लक्षित गरी धारणा सम्प्रेषण नगर्न ध्यानाकर्षण गर्दै परिषद्‍बाट सचेत गराउनुपर्ने देखिन्छ ।’

Categorized in खेलकुद