relans
ni new 83
nib 2082 5

टिसिरिजको सहभागितामा गायन, नृत्य र अभिनय प्रतिभा छान्ने रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ प्रशारण हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ भाद्र ९, बुधबार

एउटै मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा देखाउन पाउने रियालिटि शो नाइस टेलिभिजनबाट प्रसारण हुने भएको छ । यही भदौ ११ गते शुक्रबारबाट नेपालमै पहिलोपटक एउटै मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ सुरु हुने भएको छ ।


भारतीय संगीत क्षेत्रमा स्थापित टि–सिरिज स्टेज वर्क गुहावटी र टि–सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा उक्त शो हुन लागेको कुरा नाइस टिभि सुत्रले जनाएको छ ।

भदौ ११ गतेदेखि प्रत्येक शुक्रबार र शनिबार राति ८ः४५ बजे नेपालका लागि अधिकारिक प्रतिनिधि काइजेन इन्क प्रालिको आयोजनामा नाइस टेलिभिजन एचडीमार्फत उक्त कार्यक्रम प्रशासण हुनेछ ।

मुख्य प्रयोजकका रुपमा कम्पनी डिजी पे रहेको ट्यालेन्ट हन्ट प्रतियोगितामा तीनवटै विधाका विजेतालाई भारतस्थित टि–सिरिज स्टेज वर्क गुहावटीमा काइजेन इन्ककातर्फबाट दस लाख रुपैयाँ बराबरको छात्रवृृत्ति प्रदान गरिने कुराआयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाली र भारतीय चलचित्र तथा संगीत उद्योगका हस्तीलाई निर्णायक राखिएका छन् भने प्रत्येक शृंखलामा तीनवटै विधाका दुई–दुई अलग निर्णायक रहने भएका छन् ।  

डिजी पेका प्रबन्ध निर्देशक दिवाकर पाण्डेले आफूमा लुकेको प्रतिभालाई बाहिर ल्याउन ट्यालेन्ट हन्ट कार्यक्रम बलियो आधार हुने विश्वास व्यक्त गरेका छन् भने यो ट्यालेन्ट हन्टमा  नारा  ‘टिकेट टु बलिउड’ रहेकोले  विजेताहरूले भारतीय चलचित्र उद्योग बलिउडमा समेत प्रवेश पाउने सम्भावना उच्च रहेको कुरा पाण्डेले बताए ।

आयोजकका अनुसार अनलाइन अडिसनबाट छनोट भएका १ सय २० प्रतीस्पर्धीबीच तीन चरणबाट खारिएका प्रतिभाले अन्तिम प्रतिस्पर्धामा आफ्नो प्रस्तुति राख्ने कुरा आयाेजक ले जानकारी दिएका छन् ।

Categorized in साहित्य-कला
ppp 2