relans
ni new 83
nib 2082 5

ज्योती सिङ्गिङ स्टारको पहिलो चरणको नतिजा प्रकाशित

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ ८, मंगलबार

लकडाउन को अवस्थामा घर मै बस्नु परेका साँगितिक प्रतिभाहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले   ज्योती म्युजिकले आयोजना गरेको ज्योती सिङ्गिङ स्टारको पहिलो चरणको नतिजा  मंगलबारको दिन प्रकाशित गरिएको छ । 

खस नेपाली र नेपालभाषा गरी दुबै भाषामा साँगितिक प्रतिस्पर्धा गर्ने हेतुले आयोजना गरिएको सो अनलाइन गायन प्रतियोगितामा नेपाली बिधामा १२६ जना प्रतियोगीहरु र नेपालभाषा ९० जना प्रतियोगीहरुले  भाग लिएका थिए ।   ती सहभागीहरु प्रतिस्पर्धीहरु  बाट पहिलो चरणमा निर्णायकहरुको निर्णयबाट नेपालीभाषा बिधाबाट ४७ जना र नेपालभाषाबाट  ३० जना उत्कृष्ट प्रतियोगीहरुको छनौट गरिएको कुरा यस प्रतियोगिता को आयोजक संस्था  ज्योती म्युजिकका मन्जिल शाक्यले बताउनु भएको छ । यो नतिजा ज्योती म्युजिकको अफिसियल फेसबुक पेजमा अपलोड गरिएको कुरा आयोजक मध्यका एक अमोघवीर बज्राचार्यले बताउनु भयो ।

Categorized in साहित्य-कला
ppp 2