चाैधरी उद्याेगग्राममा लागेकाे आगाे निभाइयाे
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १९, बुधबार
पूर्वी नवलपरासीको चौधरी उद्योगग्रामको बियर फ्याक्ट्रीमा लागेको आगो तीन घण्टाको प्रयासपछि निभाइएको छ ।
घटनास्थलमा रहेका देवचुली–२ का वडाध्यक्ष माधव केसीले दुईवटा दमकल, आर्मी, सशस्त्र र जनपद प्रहरी, उद्योगका कर्मचारी र स्थानीयवासीको प्रयासमा आगो निभाइएको बताए ।
बिहान सवा ८ बजेतिर विद्युत् सर्ट भई आगो लागेको अनुमान गरिएको छ ।
यद्यपि, यसबारे उद्योग आफैँले अनि प्रहरीले छानबिन थालेको बताइएको छ । विद्युत् सर्ट भएर आगो लागेको भन्ने छ । आगलागीबाट ठूलै क्षति भएको जनाइएको छ । कार्टुनहरूका कारण आगो छिटाे फैलिएको थियो ।
Categorized in अपराध-दुर्घटना

