relans
ni new 83
nib 2082 5

रातो मच्छिन्द्रनाथको रथारोहण

Janjati Khabar | २०७८ बैशाख २९, बुधबार

वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यस वर्षको रथारोहण सम्पन्न भएको छ ।  हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज साँझ छ बजेर १७ मिनेटमा रथारोहण गराइएको हो ।
आवश्यक विधि अपनाएर जयजयकारसहित करुणामयलाई रथमा साँझ विराजमान गराइएको रथ निर्माणमा संलग्न ञँवाल सूर्यमान डंगोलले बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक वर्षझैँ पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठमा निर्माण  भएको रथमा यस वर्ष पनि मच्छिन्द्रनाथलाई विराजमान गराइयो । ” आजको चार दिन अर्थात् आउँदो शनिबार मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर गाःबहाल लगिने नियमानुसार यस वर्ष भने विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरिएन्टको कोभिड महामारीलाई ध्यानमा राखी केही परसम्म मात्र तानेर लगिने भइरहेको डंगोलले जानकारी गराउनुभयो ।

Categorized in उपत्यका
ppp 2