लगातार अन्तर्राष्ट्रिय अवार्ड जितिरहेकाे जय लाखे ले रसुवा बाढी पिडितकालागि आर्थिक सहयोग
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आश्विन १५, बिहिबार
नेपालभाषामा निर्माण गरिएको एनिमेशन फिल्म " जय लाखे " ले एकपछि अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भईरहेकाे छ । एथेन्स ईन्टरनेशनल मन्थलि आर्ट फिल्म फेस्टिभल , स्टकहाेम सिटी फिल्म फेस्टिभल, लुलिया ईन्टरनेशनल फिल्म फेस्टिभल, कन्सेपसन ईन्डिपिडेन्ट फिल्म अवार्ड लगायत एक दर्जन भन्दा बढी अन्तर्राष्ट्रिय स्तरया अवार्ड अवाार्ड मा " बेस्ट एनिमेशन अवार्ड " र " "जुरी मेन्सन " जित्न सफल जय लाखे फिल्मले अहिले बेलायत युकेमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महाेत्सव र भारतमा सम्पन्न जम्मु फिल्म फेस्टिभलमा बेस्ट एनिमेशन फिल्म अवार्ड जित्न सफल भएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा यसरी एकपछि अवार्ड जित्न सफल याे पहिलो नेवाः फिल्म हाे भने नेपालकाे पनि यस किसिमको पहिलो सफलता हुन सक्ने कुरा याे फिल्मका निर्देशक संयुक्त श्रेष्ठकाे दाबी रहेको छ । आठ वर्ष लगाएर निर्माण गरिएको जय लाखे फिल्म शताब्दी पुरुष सत्यमोहन जाेशीले नाट्य कृतिमा आधारित फिल्म हाे ।
केही दिन अगाडि याे फिल्म काठमाडौंमा रन्जना हलमा प्रदर्शन गर्दा उठेको रकम र थप रकम समेत गरी जम्मा २ लाख ५५ हजार रकम नेपालकाे रसुवा लगायत विभिन्न स्थान मा प्राकृतिक प्रकाेपमा परेका हरुकाे उद्दार र राहतका निम्ति नेपाल सरकारकाे प्रधानमन्त्री दैवी प्रकाेप उद्दार काेषमा सहयोग स्वरूप प्रदान गरेको निर्देशक संयुक्त श्रेष्ठले जानकारी गराएका छन्
Categorized in राष्ट्रिय

