STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हेन्सम मामा सागर अन्सारी बलिउड फिल्म उद्योग तर्फकाे यात्रामा

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आश्विन १५, बिहिबार

पछिल्लो समय टिकटकमा हेन्सम मामाको नामले चर्चामा रहेका गोरखाका सागर अन्सारी भोजपुरी चलचित्रका स्थापित कलाकार हुन् भने त्यही बाटो  हुँदै बलिउड फिल्मी उद्योगमा प्रवेश गर्दैछन् । मोफसलमा रहेर पनि सिरियलहरु निर्माण र अभिनय गर्दै आइरहेका उनको ५० भागको ‘आयो २१ तोप’ सिरियल निर्माणधिन अवस्थामा रहेको छ । सिरियलको निर्माता अनिता कुमाल अन्सारी ‘सलमा’ हुन् भने निर्देशन लक्ष्मण नेपालले गर्ने भएका छन् ।

कलाकार अन्सारीले कालापानी, ग्याङ लिडर, यति धेरै मायाँ, यस्तो पनि हुन्छ र मायाँ, तिम्रो मेरो प्रेम कहानी लगायतका चलचित्रमा खलपात्रको रुपमा काम गरिसकेका छन् । नेपाली सिने क्षेत्रमा खुँखार खलपात्रको रुपमा आफुलाई स्थापित गराउँने ठूलो सपना बोकेर यस क्षेत्रमा लागेका सागर अन्सारी अभिनित पछिल्लो चलचित्र ‘काले’ भने प्रदर्शनमा आउन बाँकी छ ।

Categorized in राष्ट्रिय