पूर्वनिर्धारित सबै परीक्षा स्थगित
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १२, आइतबार
काठमाडौं - सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाइएको छ ।
सीसीएमसीका संयाेजक खगराज बरालले आज एक विज्ञप्ती जारी गर्दै अर्काे आदेश जारी नभएसम्मका लागि पूर्व निर्धारित सबै परीक्षाहरु स्थगित गर्ने निर्णय भएकाे जनाएकाे छ ।
कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण देशभरका शिक्षालयमा तय भएका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय भएको हो ।
यसअघि बसेको मन्त्रिपरिषद बैठकले विद्यालय र कलेजको पठन पाठन भौतिकरुपमा गर्न नपाइने भने पनि परीक्षा चाहिँ नरोकिने बताएको थियो । त्यसैगरी मेडिकल कलेजको पढाइ पनि नरोकिने क्याबिनेटको आदेशमा उल्लेख थियो ।
Categorized in शिक्षा