सार्वजनिक स्थानमा जथाभावी नथुक्न आग्रह
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ७, मंगलबार
काठमाडौ - जिल्ला प्रशासन कार्यालय काठमाडौंले घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न काठमाडौंवासीलाई आग्रह गरको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण नेपालमा पनि बढेको हुनाले त्यसलाई नियन्त्रणका लागि मंगलबार जिल्ला प्रशासन कार्यालयले त्यस्तो आग्रह गरेको हो ।
प्रशासनले काठमाडौंमा मास्कको प्रयोग अनिवार्य गर्न निर्देशनात्मक सूचना जारी गरेको छ । प्रयोग गरेको मास्क जथाभावी नफाल्न र पाँच दिनपछि मात्र बिसर्जन गर्न प्रशासनको आग्रह छ ।
विदेशबाट नेपाल आएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको कोरोना नतिजा नेगेटिभ भए पनि १० दिन होम क्वारेन्टाइनमा अनिवार्य बस्न प्रशासनको अपिल छ ।
Categorized in उपत्यका