STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अगिना र सुशील शाही दम्पतीको दुई भाषाका दुई गीत सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र १०, मंगलबार

नेपालको  संगीत क्षेत्रमा उदियमान दम्पतीका रुपमा परिचित सुशील शाही र अगिना तण्डुकार शाही को स्वर रहेको नेपालभाषाको एउटा गीत " माया रे रत्न " र नेपाली भाषाको " अाँखा लाग्यो निरमाया  " गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ । 

प्रसिद्ध संगीतकार लोकप्रिय गायक जुजुकाजि रन्जितले प्रमुख अतिथी का रुपमा पानसमा दियो प्रज्वलन गरी समारोहको उदघाटन गरेका थिए भने वरिष्ठ चलचित्र पत्रकार विजयरत्न असंबरेले समालोचनात्मक टिप्पणी गर्नु भएको थियो । 

म्युजिक भिडियो सार्वजनिक समारोहमा नेपालभाषाको म्युजिक  भिडियोमा अभिनय गर्ने कर्मा शाक्य र सलोना बज्राचार्यले मन्तव्य राखेका थिए भने नेपाली म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरु किरण जोशी र सुजना बज्राचार्यले मन्तव्य राखेका थिए ।

 खडगी समाज ललितपुरका अरोजकुमार खडगी  , संगीतकर्मि नरेन शाक्य लगायतले मन्तव्य राखेका थिए  ।

सोमबार सार्वजनिक भएको म्युजिक भिडियोकाे निर्देशक , गीत रचनाकार र संगीतकार रामकृष्ण खड्गी  हुन् भने क्यामेरामाएन र सम्पादक बालकृष्ण बंशी हुन् ।

 नेपाली भाषाको गीतमा अगिना तण्डुकार शाहि , सुशील शाहीको साथमा तिर्थ अवाले , हसना महर्जन लगायतकाे अभिनय रहेको छ । सुजन बज्राचार्य ख्वपय् को निर्देशनमा  बनेको यस गीतको म्युजिक भिडियो को क्यामेरामाएन मोहनकुमार झिल्लु , सम्पादक अनिलकुमार महर्जन , संगीतकार अनिल तुलाधर हुन् ।

Categorized in साहित्य-कला