STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १९, बुधबार

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित बैठकमा उपस्थित हुन निर्देशन दिइएको छ ।

यसअघि गएको ७ गते पनि प्रचण्ड–नेपाल समूहले नागरिकता र पार्टीको परिचयपत्र बोकेर पेरिसडाँडामा उपस्थित हुन निर्देशन दिएको थियो ।

आजको केन्द्रीय कमिटी बैठकअघि प्रचण्ड–नेपाल समूहले स्थायी कमिटी बैठक पनि बोलाएको छ । स्थायी कमिटी बैठक बिहान ११ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

आफ्नो पक्षको निर्णयको आधिकारिकता खोज्दै निर्वाचन आयोग पुगेको प्रचण्ड–नेपाल समूहले आवश्यक परे सक्कल कागजात आयोगलाई बुझाउने बताउँदै आएको छ ।

नेकपाले यसअघि गएको पुस ५ गते संसद सचिवालयमा पेस भएको अविश्वासको प्रस्ताव फिर्ता लिएर सहमतिका लागि विकल्प खुला गर्ने निर्णय गरिसकेको छ ।

गएको पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणासँगै नेकपा दुई समूहमा विभाजित छन् । दुवै समूहले छुट्टाछुट्टै बैठक र कार्यक्रमहरु गर्दै आएका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि प्रचण्ड–नेपाल समूह नयाँ सरकार गठन र सत्ता समीकरणको कसरतमा जुटेको छ ।

Categorized in राजनीति