हेटौंडामा शंखधर साख्वाः उद्यान बनाइने
Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १६, आइतबार
काठमाडौं – बागमती प्रदेश सरकारले हेटौंडामा नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःको नाममा उद्यान बनाउने भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा शंखधर साख्वाः उद्यान बनाउन प्रदेश सरकारमार्फत् १० लाख नगद सहयोग गर्ने बचन दिभएका छन् ।
शनिबार भएको एक कार्यक्रममा मुख्यमन्त्री पौडेलले नेवार संस्कृति र परम्परा नेपालकै अमूल्य निधि रहेको पनि बताएका छन् ।
नेवाः गुठी खलः मकवानपुरको वार्षिक साधारण सभामा मन्तव्य राख्दै पौडेलले सो कुरा बताएका हुन् ।
नेवाः गुठी खलःले हेटौंडामा शंखधर साख्वाः उद्यान बनाउन लागेको हो ।
सो कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई सम्मान पनि गरिएको थियो ।
Categorized in राष्ट्रिय