श्वेतकाली अजिमाको भजन भिडियो सार्वजनिक (भिडियोसहित)
Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ माघ २, शुक्रबार
काठमाडौं – काठमाडौं महानगरपालिका १८ वडा न्यत (नरदेवी)स्थित श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजले श्वेतकाली (ङतमदु अजिमा)को भजन भिडियो सार्वजनिक गरेको छ ।
समाजका अध्यक्ष सत्यनारायण डंगोलले दिनुभएको जानकारीअनुसार माघ ३ गते शनिबार धार्मिक परम्पराअनुसार नरदेवी श्वेतकाली मन्दिरमा ठूलो पर्वपूजा पनि गरिने भएको छ ।
यस पर्वपूजाकै अवसर पारेर श्वेतकाली अजिमाको दुईवटा भजन गीत सार्वजनिक गरेको डंगोलले जानकारी दिनुभएको छ ।
‘सुन्दर शान्त विशाल नेपाल’ शब्द रहेको भजनका रचयिता न्यत टोलका मूल धामी देवकृष्ण महर्जन हुनुहुन्छ भने यसमा किशोर महर्जन, ईश्वर महर्जन, अनिल महर्जन र राहुल महर्जनले आवाज दिएका छन् । यसमा दबदब बाजा अनिल महर्जन, खिंबाजा सुजन नेपाली, बाँसुरी सुमन महर्जन, पर्कसन्स राहुल महर्जनले दिएका छन् । संगीत संयोजन म्याग्निटिक एरेञ्ज इन्टरटेन्टमेन्टको रहेको छ भने भिडियोको सम्पादन आर.के. महर्जनले गरेका छन् ।
(भजन भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला)
Categorized in साहित्य-कला