११औं नेवाः एकता दिवस खोकनामा मनाइने
Janjati Khabar – Janjati Khabar | २०७७ पौष २७, सोमबार
काठमाडौं – दश वर्षअघि दशरथ रंगशालामा नयाँ संविधानमा नेवाः स्वायत्त राज्य घोषणा गरिनुपर्ने मागसहित नेवार आन्दालनले नेवाः स्वायत्त राज्य घोषणा गरेको दिनको सम्झनामा वर्षेनी नेवाः एकता दिवस मनाउँदै आइरहेको छ ।
नेवाः देय् दबूलगायत विभिन्न संघसंस्था समाविष्ट आयोजकले यस वर्षको एघारौं नेवाः एकता दिवस यही माघ ९ गते खोकनामा मनाउने निर्णय गरेको छ ।
खोकनामा जुलुस एवं प्रदर्शन गरेपछि एक सभाको आयोजना गरिने भएको छ ।
नेवाः एकता दिवस मनाउन शुक्रबार खोकनामा भएको एक वृहत भेलाले १०१ सदस्य रहेको व्यवस्थापन समिति गठन गरेको छ । व्यवस्थापन समितिले जुलुस र सभालाई आवश्यक सम्पूर्ण तयारी गरिने आयोजकले जानकारी दिएको छ ।
Categorized in उपत्यका