राप्रपाको झण्डा र चुनाव चिह्न सार्वजनिक
Janjati Khabar – रासस | २०७७ मङ्सिर २५, बिहिबार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीको झण्डा र चुनाव चिन्ह हलो सार्वजनिक गरेका छन् ।
राप्रपा मकवानपुरले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकको सार्वभौम राष्ट्रिय अखण्डताको संरक्षण गर्न राजनीतिक दलहरूको इमान्दारीताभन्दा दलगत स्वार्थ भएको आरोप लगाए । उनले सडकको जुलुसको भीडले नभइ संविधानको संरचनाभित्रै रहेर जनताको अभिमतबाट परिवर्तन गर्नुपर्ने उल्लेख गरे ।
सो अवसरमा राप्रपाका केन्द्रीय सदस्य विजय खड्का र केन्द्रीय सम्पादन समितिका सदस्य राजाराम बर्तौलाले मुलुकमा बढ्दै गइरहेको हत्या हिंसालाई निरुत्साहित तुल्याउन सरकारले प्रभावकारी कानुन ल्याउन नसकेको आरोप लगाए । रासस
Categorized in राजनीति

