काठमाडौंका मेयर कोरोना संक्रमणमुक्त
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २९, सोमबार
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ ।
गत भदौ १५ गते शाक्यमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
शाक्यको दोस्रो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
परीक्षणको लागि शनिबार दिइएको स्वाबको रिपोर्ट आज नेगेटिभ आएको हो ।
उहाँ केही दिन आराम गरेपछि काममा फर्किनुहुने महानगरपालिका सचिवालयले जनाएको छ ।
Categorized in उपत्यका