ओली र मोदीबीच फोनवार्ता
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३१, शनिबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ ।
भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरको अवसरमा टेलिफोन गर्दै प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुई पक्षीय सम्बन्धमा निकट भविष्यमै छलफल गर्ने सहमति गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र भारतबीच सीमा विवाद बढेपछि दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने नेपालको प्रस्ताव समेत भारतले स्वीकार गरेको थिएन ।
शनिबार बिहान भएको टेलिफोन कुराकानीका क्रममा ओली र मोदीबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को असर काम गर्ने विषयमा छलफल भएको छ ।
‘दुई देशका प्रधानमन्त्रीले निकट भविष्यमै दुई पक्षीय सम्बन्धका बारेमा छलफल गर्ने सहमति भएको छ’, परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि भारतकाे स्वतन्त्रता दिवसकाे अवसरमा प्रधानमन्त्री ओलीले ट्विटमार्फत भारतीय समकक्षी माेदीलाई शुभकामना दिँदै भारतीय जनताकाे उत्तराेत्तर प्रगति र समृद्धिचकाे कामना गरेका छन् ।
Categorized in राजनीति