हनुमन्ते खोलामा बाढीले भक्तपुरकाे बराह क्षेत्र डुबानमा
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ५, सोमबार
काठमाडौं । भक्तपुरकाे हनुमन्ते खोलामा आएको बाढीले साे क्षेत्र डुबानमा परेको छ ।
अविरल वर्षाका कारण आएकाे बाढीका कारण बराह क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेको छ ।
भक्तपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकृष्ण गोराले दिएकाे जानकारीअनुसार हुनमन्ते खोला आसपासको करिब एक किलोमिटर क्षेत्र डुबानमा परेको छ ।
बाढीले वडा नम्बर १, ३ र ४ क्षेत्र बढी प्रभावित बनेको उनले बताए ।
राममन्दिर बाराहीस्थानदेखि डाक्टर युवा मोरा हस्पिटल सल्लाघारी क्षेत्रमा रहेको करिब नौ सय रोपनी धानबाली डुबानमा परेको उनले बताए ।
यसका साथै करिब सात सय रोपनी क्षेत्रफलमा लगाइएको धानबाली डुबानमा परेको छ । हनुमन्तेमा आएको बाढीले बाराही पुल थुनिएपछि खेत र बस्तीमा बाढी छिरेको प्रहरीले जनाएको छ ।
Categorized in उपत्यका