असार मसान्तसम्म सवारी करमा जरिवाना नलाग्ने
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २, मंगलबार
काठमाडाैं - बाग्मती प्रदेशले चैत ११ देखि असार मसान्तसम्म कुनै पनि प्रकारको सवारी करमा जरिवाना नलिने भएको छ।
अनुमती पत्रको म्याद नाघेको जरिवाना, सवारी कर, अन्य दस्तुर तथा जरिवाना नलिने निणर्य भएको भौतिक पूर्वाधार विकाश मन्त्रालय, बाग्मती प्रदेशले जानकारी दिए।
गत १ गते देखि यातायात कार्यालय खुलेपनि जरिवाना कती असुल गर्ने भन्नेबारे भन्ने अन्यौल भएको थियो। विभिन्न यातायात कार्यालयहरुले सूचना नै जारी गरेर यी विषयमा स्पष्ट निर्देशन प्राप्त नभएको कारण सवारी चालक अनुमती पत्र वितरण बाहेक अन्य कार्य नहुने जनाएका थिए।
Categorized in राष्ट्रिय