STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गुल्मीका कोरोना संक्रमितको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ८, बिहिबार

काठमाडौं – रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारत गुल्मीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहान ७ बजेर १० मिनेट जाँदा उनको मृत्यु भएको प्रदेशको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाले जनाएको छ । गुल्मीको मदाने गाँउपालिका वडा न ६ का ४१ बर्षीय ती बिरामीको अस्पतालको आइसीयु कक्षमा भेन्टिलेटरको सहायतमा उपचार भइरहेको थियो । सो बिरामीको मृत्युबारे बुधबार पनि समाचार आएका भए पनि पछि अस्पतालले विज्ञप्ति जारी गरी मृत्युको खण्डन गरेका थिए । जण्डिस र ज्वरो आएपछि ती बिरामीलाइ परिवारले जेठ १ गते अर्घाखाँची हुँदै उपचारका लागि बुटवल ल्याएका थिए। कोरानासंग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पतालमै जेठ २ गते उनको स्वाब झिकी परीक्षणका लागि पठाइएको मा ५ गते रिर्पोटमा कोराना पोजेटिभ देखिएको थियो । मृत्युको कारण कोरोना नै भएको बारे आधिकारिक जानकारी प्राप्त भएको छैन । तर उनको मृत्यु कोरोनाबाट भएको आशंका गरिँदैछ । यसअघि सिन्धुपाल्चोककी एक महिला र नेपालगन्जका एक युककको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय