STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालमा कोरोना संक्रमणबाट निको हुने ६ जना पुगे

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १०, बुधबार

काठमाडौं– नेपालका कोरोना संक्रमित तेस्रो युवक उपचारपछि निको भएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ३२ वर्षका ती युवकलाई गत चैत १२ गते संक्रमण पुष्टि भएको थियो । कोरोना भाइरसमुक्त भएपछि ती युवकलाई बुधबार (वैशाख १०) डिस्चार्ज गर्ने तयारी भइरहेको छ । परीक्षणमा कोरोना संक्रमणमुक्त देखिएकाले उनलाई डिस्चार्ज गर्न लागिएको जानकारी प्राप्त भएको छ । कोरोना संक्रमणबाट निको भएर ५ जना घर गइसकेका र ती युवकसमेत अहिले नेपालमा कोरोना संक्रमणबाट निको भएर घर जानेको संख्या ६ पुग्नेछ । नेपालमा हालसम्म ४२ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भइसकेको छ ।
Categorized in राष्ट्रिय