चेपाङ महिलालक्षित खाद्य अधिकारसम्बन्धी तालिम
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ८, शनिबार
काठमाडौं– चेपाङ महिलाहरूलाई लक्षित गरी आदिवासी जनजाति महिलाहरूको खाद्य अधिकारसम्बन्धि पैरवी तथा नेतृत्व क्षमता विकास तालिम सम्पन्न भएको छ ।
आदिवासी जनजाति महिला समूह नेपालले अन्तर्राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको आर्थिक सहयोगमा आयोजना गरेको हो ।
पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ५, चैनपुरमा सम्पन्न उक्त तालिममा आदिवासी जनजातिको परिचय, आदिवासी जनजातिको अधिकार, खाद्य अधिकार, खाद्य अधिकारका लागि स्रोतहरूलगायतका बिषयमा प्रशिक्षण दिइएको थियो ।
तालिममा राक्सिराङ गाउँपालिकाका २७ महिलासहित ४४ जनाको सहभागिता रहेको थियो । आदिवासी जनजाति महिला समूह नेपालकी केन्द्रीय अध्यक्ष लक्ष्मी गुरूङ, मकवानपुर जिल्ला संयोजक उर्मिला पुलामी मगरलगायतले कार्यक्रममा सहजीकरण गरेका थिए ।a
Categorized in राष्ट्रिय