STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B0%E0%A5%8B%E0%A4%9A%E0%A4%95

  • २०७४ फाल्गुण ११, शुक्रबार

    नेपाल मण्डल पर्यटन महोत्सव हुने

    काठमाडाँ,  नेपाल मण्डल पर्यटन नगरी, विश्व साइकल यात्री प्रतिष्ठान तथा राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा यही फागुन १८ देखि नेपाल मण्डल पर्यटन महोत्सव हुने भएको छ । जामाचो सञ्चार उत्सव तथा नेपाल मण्डल पर्वतमाला साइकल उत्सव नाराका साथ आयोजना हुने सो महोत्सव नेपाल पर्यटन बोर्डमा शुरु हुनेछ । समृद्ध इतिहास बोकेको नेपाल मण्डलको परम्परा तथा संस्कृतिको रक्षा तथा प्रवद्र्धन गर्न उक्त महोत्सव...

  • २०७४ फाल्गुण ११, शुक्रबार

    राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएकामा सर्वोच्चमा रिट निवेदन दायर

    काठमाडौँ, सर्वोच्च अदालतमा राष्ट्रियसभा सदस्यका लागि पूर्वसरकारबाट सिफारिशमा परेका तीन व्यक्तिले ‘असंवैधानिक रुपमा आफूहरुलाई मनोनीत नगरिएको’ भन्दै आज रिट निवेदन दायर गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई आज अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका सदस्यका लागि सिफारिश गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी...

  • २०७४ फाल्गुण ११, शुक्रबार

    त्रिशूली बचाउन आग्रह

    मलेखु,  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई त्रिशूली बचाऊ अभियानले नदी र पर्यावरण जोगाउन तथा फियान नेपालले भूमि, वन, जीविकोपार्जन, आवास तथा पुनःनिर्माण विषयमा नागरिकले भोगिरहेका समस्या समाधान गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका छन् । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले आज उहाँ र स्थानीय मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेल र भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई स्वागत...

  • २०७४ फाल्गुण १०, बिहिबार

    जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने

    भक्तपुर ः अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ । सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नु पर्ने मागसमेत गरेका छन् । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक बढेको र जगाती क्षेत्रमा दैनिक सडक जाम हुन थालेकाले यो सडक छिटो...

  • २०७४ फाल्गुण १०, बिहिबार

    अर्काे विश्वयुद्ध रोक्न संयुक्त राष्ट्रसंघ सफल– बान कि मुन

    १० फागुन ः संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्काे विश्वयुद्ध रोक्न सफल भएको प्रतिक्रिया दिनुभएको छ । संयुक्त राष्ट्रसंघको स्थापना भएपछि उसको सक्रियताका कारण नै गएको ७० वर्षमा अर्काे विश्वयुद्ध रोक्ने काममा सफलता प्राप्त भएको बुधबार संयुक्त राष्ट्रसंघमा उहाँले बताउनुभयो । पूर्व महासचिव मुनले भन्नुभयो– राष्ट्रसंघको स्थापनापछि नै विश्व समुदाय विश्वमा अर्काे...

  • २०७४ फाल्गुण १०, बिहिबार

    ट्रम्पको प्रस्ताव ःअमेरिकाका शिक्षकले बन्दुक बोकेर पढाउने !

    १० फागुन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका शिक्षकहरुलाई बन्दुक बोकेर पढाउन दिने प्रस्ताव गरेका छन् । साथै उनले शिक्षण संस्था वरपरको क्षेत्रमा बन्दुक बोक्न पाउने स्वतन्त्रताको आलोचना पनि गरेका छन् । हालै फ्लोरिडामा स्कुले विद्यार्थीहरुलाई बन्दुकधारीले आक्रमण गरेर हत्या गरेपछि अमेरिकामा बन्दुक राख्न पाउने कानुनको पक्ष र विपक्षमा बहस हुँदै आएको छ । ट्रम्पले यस्ता हमला फेरि हुन नदिने...

  • २०७४ फाल्गुण ९, बुधबार

    बिहानै काठमाडौँमा परकम्प

    आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ । आज बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।

  • २०७४ फाल्गुण ९, बुधबार

    प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने घोषणा

    पोखरा, प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्पmबाट रु एक लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा आज आयोजित कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै उहाँले आगामी चैत महिनामा आउने प्रदेशको नीति, कार्यक्रम तथा बजेटमा...

  • २०७४ फाल्गुण ९, बुधबार

    मलेसिलयामा श्रमिक सचेतना

    काठमाडौँ, ९ फागुन (रासस) ः नेपाली कामदारको बाक्लो उपस्थिति रहेको मलेसियाको जोहरबारुमा त्यहाँ कार्यरत नेपाली कामदारको हकहित तथा नेपाली दूतावासबाट प्राप्त हुने सेवा, सुविधाबारे सचेतना कार्यक्रम आयोजना गरिएको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, श्रम मन्त्रालयलगायत निकायबाट प्राप्त हुने सेवा र मलेसियामा रहँदा...

  • २०७४ फाल्गुण ९, बुधबार

    अमेरिका सिरियामा के चाहन्छ ?

    डेनभर, संयुक्त राज्य अमेरिका, ९ फागुन (रासस) ः मध्यपूर्वको धेरैजसो भूभाग अहिले द्वन्द्वको भुमरीमा रहेका सन्दर्भमा अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले मध्यपूर्वको भ्रमण सिरियाली द्वन्द्व समाधानमा केन्द्रित हुनुपर्छ । उहाँको काम सजिलो छैन । मध्यपूर्वमा पूर्णतया तर नदेखिनेगरी अमेरिकी कुटनीति केन्द्रित छ र विदेश विभागले समस्याको समाधानका लागि कुनै उपाय पाएजस्तो देखिदैन । अझ महत्वपूर्ण कुरा त...

  • २०७४ फाल्गुण ९, बुधबार

    सिरियाली सरकारी फौजको आक्रमणका क्रममा करिब १०० जनाको मृत्यु

    दमास्कस,सिरिया,  सिरियाली सरकारी फौजले दमास्कसको बाहिरी भागमा रहेको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा बमबारी गर्दा २० जना बालबालिका सहित एक सय जना भन्दा बढी मानिसहरु मारिएको उद्धार टोली तथा अनुगमनकर्ताहरुले बताएका छन् । बेलायतस्थित अनुगमन समूह ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राईट्स’ र ‘ह्वाइट हेल्मेट्स’का अनुसार सोमवार भएको बमबारीमा एक सय जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । सिरियाली...

  • २०७४ फाल्गुण ९, बुधबार

    छुरा प्रहार गर्ने दुई पक्राउ

    सुरुङ्गा, झापा, ९ फागुन (रासस) ः अर्जुनधारा नगरपालिका– ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा– ११ का १६ वर्षीय अंकित प्रधान रहेको बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो । मंगलबार राति अर्जुनधारा–११ स्थित बस पार्कको सिर्जना...

Pages