STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०७५ फाल्गुण २२, बुधबार

    टीकापुर प्रकरणः रेशम चौधरीलाई जन्मकैद, लक्ष्मण थारु रिहा

    कैलाली जिल्ला अदालतले साढे तीन वर्षअघि नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाको मुद्दामा रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । थरुहट÷थारुवान राज्यको माग गर्दै टीकापुरमा भएको आन्दोलनका क्रममा विसं २०७२ भदौ ७ गते भएको हिंसामा परी एक नाबालक र आठ प्रहरीको ज्यान गएको थियो । जिल्ला अदालतका स्रेस्तेदार इन्द्रबहादुर कठायतले टीकापुरको घटनासँग सम्बन्धित मुद्दामा अदालतले गरेको...

  • २०७५ फाल्गुण २२, बुधबार

    कीर्तिपुरमा ‘होम स्टे’, सम्भव छ र ?

    जनप्रतिनिधिहरुको आवागमनपछि कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधिदेखि लिएर कर्मचारीहरु कीर्तिपुरमा ‘होम स्टे’ संचालन गर्ने मैदानमा सक्रियरुपमा दौडधूप गरिरहेका छन् । कीर्तिपुरको लागि सकारात्मक पाईलाको रुपमा लिन सकिन्छ यो दौडधूपलाई । कीर्तिपुर नगरपालिकाको संयोजनमा कीर्तिपुरमा ‘होम स्टे’ संचालनको लागि चित्लाङ, दामन, पालुङदेखि लिएर विभिन्न क्षेत्रमा भ्रमण तथा विभिन्न कार्यशाला गोष्ठी, सेमिनार इत्यादी...

  • २०७५ फाल्गुण २२, बुधबार

    राणाकालीन भवन श्रीमहलको पुनःनिर्माण वैशाखदेखि शुरु हुने

    पुल्चोकस्थित राणाकालीन भवन श्रीमहलको पुनःनिर्माण आगामी वैशाखदेखि शुरु हुने भएको छ । अहिले ठेक्का सम्झौताको प्रक्रिया भइरहेकाले दुई महीनाभित्र निर्माण कार्य शुरु हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । स्थानीय पूर्वाधार विभाग (पहिले विभागलाई स्थानीय पूर्वाधार विकास र कृषि सडक विभाग, डोलिडार भनिन्थ्यो...

  • २०७५ फाल्गुण २२, बुधबार

    गल्तीहरुको मनोविज्ञान

    हामी अब सिद्धान्तहरुको बदला एक प्रमाणिका तरिकाले आफ्नो कुराकानी सुरु गर्दछौँ । यसको लागि हामी केही यस्ता घट्नाहरु दिन्छौ जो धेरै घटिरहेका हुन्छन्, जसलाई हामी सधैं देख्दछौ र विश्वास पनि गर्दछौ र यस्ता घटनाहरु कुनै रोगका कारण हुँदैनन् किनकि प्रत्येक्ष स्वस्थ मान्छेमा ती समस्याहरु देखिन्छन् । मेरो मतलब ती गल्तीहरुसँग सम्बन्धित छन्, जो प्रत्येक मान्छेले अनुभूत गर्छ र केही भन्न चाहन्छ तर गलत शब्द...

  • २०७५ फाल्गुण २२, बुधबार

    गायत्री महायज्ञ सम्पन्न

    वीरगञ्जस्थित आर्दशनगर रङ्गशालामा सञ्चालित ‘अश्वमेध गायत्री महायज्ञ’ आज विधिवत्रुपमा सम्पन्न भयो । चार दिने सो महायज्ञमा ६० हजार श्रद्धालु भक्तजनले हवन गरेका थिए । महायज्ञमा २५१ यज्ञशाला निर्माण गरी भव्यरुपमा गायत्री पूजा गरेका थिए । अखिल विश्व गायत्री परिवारको तत्वाधानमा शुरु भएको सो महायज्ञमा भारतको शान्तिकुञ्ज हरिद्वारबाट आएका पुरोहित तथा साधकले वैदिक मन्त्रका साथ हबन यज्ञादी गरेका थिए ।...

  • २०७५ फाल्गुण २२, बुधबार

    कण्डम निःशुल्क हुने तर, स्यानिटरी प्याड किन निःशुल्क नहुने ?

    – रीता लामा  पुरुषको आवश्यकतासँग जोडिएको कण्डम निःशुल्क हुने तर, महिलाका लागि नभै नहुने स्यानिटरी प्याड किन निःशुल्क नहुने ? अहिले यो विषयले चर्चा पाएको छ । धेरैजसो अधिकारकर्मी तथा नारी समानताका लागि काम गर्दैआएका सङ्घसंस्थाले यो विषयलाई महत्वका साथ उठाइरहेका छन् । एक महिलाले किशोरी अवस्थामा प्रवेश (११ देखि १५ वर्ष) गरेदेखि करीब ५०÷५२ वर्षको उमेरसम्म मासिक धर्म अर्थात् महिनावारीलाई...

  • २०७५ फाल्गुण २२, बुधबार

    मिथिलाञ्चलमा मिथिला परिक्रमा

    –अजयकुमार साह   मिथिला परिक्रमा आजदेखि विधिवत रुपमा शुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको उक्त परिक्रमा १५ दिनसम्म चल्नेछ । एक सय ३३ किलोमिटर लामो सो पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहनेछ । प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट...

  • २०७५ फाल्गुण २२, बुधबार

    चौधरीलाई जन्मकैदको फैसाला गरेपछि राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिए

    सरकारलाई दिएको समर्थन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले फिर्ता लिएको छ । कैलाली जिल्ला अदालतले आफ्ना पार्टीका नेता रेशम चौधरीलाई जन्मकैदको फैसाला गरेपछि आज राजपा नेपालले समर्थन फिर्ता लिएको निर्णय लिएको हो ।

  • २०७५ फाल्गुण २२, बुधबार

    ‘प्रदेशसभा सदस्यको घरमा जबर्जस्ती छापा मार्नु निन्दनीय’

     प्रदेश नं ५ प्रदेशसभाका सदस्यहरुले बर्दियाका प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीको घरमा प्रहरीले जबर्जस्ती छापा मारेको भन्दै आपत्ति जनाएका छन् । प्रदेशसभाको आज बुटवलमा बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले रातिको समयमा घरमा प्रदेशसभा सदस्य चौधरीकी श्रीमती एक्लै रहेका बेला छापा मारेर सशङ्कीत बनाउने काम गरेको आरोप लगाए । बैठकमा प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमालले गए राति प्रदेशसभा सदस्य चौधरीको...

  • २०७५ फाल्गुण २१, मंगलबार

    आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाइते

    तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो । कार्कीको बिहान ६.१५ बजे काठले बनेको दुईतले घरमा आगलागी हँुदा छोरी सम्झनाको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानकारी दिनुभयो । आमा राममायालाई स्थानीय स्वास्थ्यचौकीमा उपचार...

  • २०७५ फाल्गुण २१, मंगलबार

    बाहिनी भगतपुर ब्यारेकभित्रै जवानद्वारा आत्महत्या

    कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताउनुभयो । “आत्महत्या गर्न प्रयोग गरिएको...

  • २०७५ फाल्गुण २१, मंगलबार

    पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन

    नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ । नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको...

Pages