STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

“माया मिष्ट्रि” उपन्यासका लेखकको गीतमा पवन जोशीको म्युजिक भिडियो

Janjati Khabar – विजयरत्न असंबरे | २०८० पौष २०, शुक्रबार

ऐतिहाँसिक कला, संस्कृति र सम्पदाको शहर रुपमा चिनिएको खोकनाको सिकाली मन्दिर परिसरमा “माया मिष्ट्रि” उपन्यासका लेखक मोहन के. श्रेष्ठको शब्द रहेको  एकल गीत “खुसि मागेको थिए” को म्यूजिक भिडियोको निर्माण कार्य हालै सम्पन्न भएको छ । 

  अनिल तुलाधरले संगीत एरेन्ज गरेको यस गीतमा स्वर गायिका दिपा महर्जनको रहेको छ। यो गीतको रेकर्ड, मिक्सीङ र मास्टरिङ विजय मास्कीले गरेका थिए । गीतमा चर्चित मोडल आराध्य लक्ष्मी खड्गी, सन्देश श्रेष्ठका साथ सुरेन्द्र श्रेष्ठ, सरु भारती र निर्मल रंजीतको  अभिनय रहेको छ । 

यो म्युजिक भिडियोका लागि श्रृंगार सनम  कुमार श्रेष्ठ, छायांकन , सम्पादन र कलरिङ सोहन मानन्धरको रहेको यो म्युजिक भिडियोकाे निर्देशन वरिष्ठ निर्देशक पवन जोशीको रहेको छ । यो म्यूजिक भिडियो नेवाः संगीत संकिपा तिबः पुचःको व्यानरमा निर्माण भइरहेको छ । नयाँ गीतमा नयाँ तरिकाले शब्द र संगीतको भावनात्मक अभिव्यक्त प्रस्तुती लगायत भिजुलाइजबाट आफू निकै प्रभावित भएको निर्माता तथा रचनाकार मोहन के. श्रेष्ठले बताए । यो “खुसि मागेको थिएं....”म्युजिक भिडियो चांँडै एक भब्य समारोहका बीच  प्रिमियर शो मार्फत सामाजिक संजाल युट्युू्ब च्यानलवाट दर्शक श्रोता माझ पुर्याउने कुरा श्रेष्ठले जानकारी दिए ।

Categorized in सिनेमा