STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘बिपीको महत्व अझै सान्दर्भिक’

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ६, सोमबार

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य राधेचन्द्र यादवले स्व बिपी कोइरालाले देखाएको मार्ग तथा देश र जनताका लागि दिएको योगदान वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । ३७ बिपी स्मृति दिवसको अवसर पारेर नेपाली काङ्ग्रेस बिपी स्मृति भवन कलैयामा आज बिपीको सालिक स्थापना कार्यक्रममा यादवले मुलुकमा प्रजातन्त्र ल्याउन एवं राणाको जहानियाँ शासन अन्त्य गर्न बिपी कोइरालाले खेलेको भूमिकालाई राष्ट्रले सदैव सम्झिरहनुपर्नेमा जोड दिनुभयो । मधेश आन्दोलनताका बिपीको सालिक आन्दोलनकारीले फुटाएका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति जयचन्द्र चौरसिया, निर्वाचन क्षेत्र नं– २ का सभापति रामप्रवेश यादव, कलैया उपमहानगरपालिकाका काङ्ग्रेस सभापति पुरुषोत्तम सिंह पाण्डे, नेपाल तरुणदलका जिल्ला अध्यक्ष लुकेश सिंह, नेता ईन्द्रासन मण्डल, दिलीप तिमल्सिना, शिवमङ्गल साह, नरेश साह, नेपाल प्रेस यूनियनका केन्द्रीय पार्षद् सिकेन्द्र पासवनाले बिपीको तस्बिरमा माल्याअर्पण गरी उहाको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
Categorized in विचार