STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘प्रचण्ड’ नेपाललाई भेट्न कोटेश्वरमा

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २२, मंगलबार

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्ड सीधै कोटेश्वरस्थित नेपाल निवासमा पुगेका हुन् । हाल दुई नेताबीच छलफल जारी रहेको स्रोतले बताएको छ ।

यता, पार्टीको आन्तरिक विवाद समाधानका लागि नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसिरहेको छ । एमालेको विवाद सकारात्मक दिशामा अघि बढेका बेला प्रचण्ड–नेपालको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

Categorized in राजनीति