STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘नागरिक एप’ सुरु, सरकारी सेवा अनलाइनबाटै

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २, शुक्रबार

काठमाडौँ – सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित समारोहमा ‘नागरिक एप’ शुभारम्भ गरेका छन् । नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप परीक्षणका रुपमा ल्याइएको हो ।

सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको जनाइएको छ । एपको शुभारम्भ गर्दै सञ्चार तथा सूचना, प्रविधिमन्त्री पार्वत गुरुङले अब सरकारी कामको लागि लाइन बस्न नपर्ने बताएका छन् । उनले अब सरकारी सेवाहरु अनलाइनबाट लिन सकिने बताए ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘सरकारी निकायहरुले प्रयोगमा ल्याएका एप्सहरुलाई एकीकृत तथा अन्तरआवद्ध गरी सरकारी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री तथा सरकारी कामकारवाहीको अनुगमन, गुनासो सुनुवाइ तथा सम्बोधन हुने व्यवस्था मिलाइनेछ’ भन्ने उल्लेख छ ।

Categorized in राष्ट्रिय