STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘धोती दिवस’ मनाउन गएका सीके राउत पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८० पौष १७, मंगलबार

काठमाडौं- माइतीघर मण्डलामा ‘धोती दिवस’ मनाउन जम्मा भएका जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य सीके राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ ।

जनमत पार्टीको विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष राउतसहित नेता कार्यकर्ता धोती लगाएर प्रदर्शनमा उत्रिएका थिए । उनीहरूलाई प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको हो । प्रहरी र जनमतका कार्यकर्ताबीच धकेला धकेल समेत भएको थियो ।

सरकारले माइतीघर मण्डलासहित वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

सभामुख देवराज घिमिरेले जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउ परेकोबारे गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग जानकारी मागेका छन् । 

सभामुखले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई फोन गरी पक्राउ परेकोबारे जानकारी मागेका थिए । राउतसहितका नेताहरु सोमबार माइतीघरमा प्रदर्शनका क्रममा पक्राउ परेका थिए ।

सभामुखको फोनपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भृकुटीमण्डप पुगेर उनीहरूलाई छुटाएका थिए । पक्राउ परेका सबै रिहा भइसकेका छन् ।    

Categorized in राष्ट्रिय