STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘दशँैंकप फुटसल’ प्रतियोगिताको उपाधि स्टार सिटीलाई

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १८, शनिबार

धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा भएको ‘दशैँकप फुटसल प्रतियोगिता’को उपाधि स्टार सिटी कैलालीले जितेको छ । आज भएको फाइनलमा एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजलाई एकका विरुद्ध चार गोल गर्दै स्टार सिटीले उपाधि उचालेको हो । उपाधिसँगै सिटीले रु ३० हजारसहित ट्रफी र मेडल पाएको छ । उपविजेता एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजले रु १५ हजारसहित ट्रफी र मेडल पाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी स्टार सिटीका सन्दीप कुँवर र सर्वाधिक गोलकर्ता स्टार सिटीकै कमल देउवा र उत्कृष्ट गोलरक्षक एक्सपर्टका मिलन लामा भए । यसअघि आजै भएको सेमिफाइनलमा स्टार सिटीले फ्रेण्ड्स क्लब कैलालीलाई पराजित गरेको थियो भने एक्सपर्टले विशाल युवा क्लबलाई पराजित गरेको थियो । फ्ल्याटल्याण्डका सञ्चालक प्रेम जोशीको अध्यक्षतामा भएको समापन समारोहमा अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य प्रकाश विष्ट र कैलाली जिल्ला फुटबल सङ्घका अध्यक्ष मोहित शाहले पुरस्कार वितरण गर्नुभयो । फुटसल खेलप्रतिको आकर्षणसँगै पछिल्लो समयमा यहाँ लगातार फुटसल प्रतियोगिता हुने गरेका छन् ।
Categorized in खेलकुद